महोत्तरी, २९ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीको भंगहा नगरपालिकाको मेयरका लागि संजिवकुमार साहको नाम सिफारिस गरेको छ ।

मंगलबार लोसपा भंगहाले सर्वसम्मत रुपमा वर्तमान मेयर साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नगर कमिटीले उनको नाम सिफारिस गरेर जिल्लालाई पठाएको लोसपाले जनाएको छ ।