मधेस प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

जनकपुरधाम, २९ चैत । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरेका छन् ।
मंगलबार बसेको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका हुन् ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरेका छन् ।
प्रदेश सभाको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि सुरु भएको थियो । चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ भने चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको छ ।
आठौँ अधिवेशनमा मंगलवारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवले जानकारी गराए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


