मोटरसाइकल दुर्घटनामा परी एक नाबालिगको मृत्यु

काठमाडौं, २९ चैत । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिगको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छन् ।
मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान करिब साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


