काठमाडौं, २९ चैत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ ।

बैठक आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजकको जिम्मेवारी महामन्त्री गगनकुमार थापालाई दिइएको छ ।