जनकपुरधाम, २९ चैत । मधेस प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुबै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको सभामुख उपमा देवले सदनलाई जानकारी गराएकी हुन् ।

प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो ।

दुबै अध्यादेश प्रदेशसभाबाट पारित भएको हो ।