पर्सा, २९ चैत । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखिएको रौतहटको फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।