निर्वाचन आयोगले शशांक कोइरालासँग माग्यो जवाफ

काठमाडौं, २८ चैत । निर्वाचन आयोगले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ ।
चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर आयोगले कोइरालासँग जवाफ मागेको हो ।
कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।
आयोगमा पेश गरेको विवरणमा २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।
यस्तै २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचारसंहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै आयोगले केकसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन एकीकृत समाजवादी पार्टीलाई भनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


