काठमाडौं, २८ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ बस्ने २७ वर्षीया सोविता नेपाली रहेकी छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाका अनुसार नेपाल एयरलाइन्सको जहाजबाट मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट चेकजाँचका क्रममा गोली बरामद भएको हो ।

अनुसन्धान शाखाका अनुसार ‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।