इटहरीको मेयरमा द्वारिकलाल चौधरी पुनः सिफारिस

विराटनगर, २८ चैत । नेकपा एमालेले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई पुनः उम्मेदवार सिफारिस गरेको छ ।
यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा उनको नाम थिएन । चौधरी उम्मेदवार छनोट सिफारिस समितिको बैठकमा पनि उपस्थित भएका थिएनन् ।
यसअघि सिफारिस भएका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौलागाईं, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका थिए ।
उपमेयरमा पनि ६ जनाको नाम पछि थप भएको छ । यसअघि अम्बिका चौधरी, गायत्री चौधरी, कमला श्रेष्ठ र संगीता चौधरीको नाम थियो ।
पछि थप भएका नामहरूमा अमला श्रेष्ठ, विष्णु शर्मा (नेपाल), अनिता शर्मा, रामचरण चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेल रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


