महोत्तरी, २८ चैत । प्रहरीले महोत्तरीबाट ९३ किलो प्रतिबन्धित गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्गको थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्ग रहेका छन् ।

विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिबाट खटिएको प्रहरी टोलीले महोत्तरीको मनरासिस्वा नगरपालिका सोनौल गाउँबाट उनलाई पक्राउ गरेको हो ।

उनी सवार ना ३ ७९३५ नम्बरको ट्रकबाट ९३ केजी गाजा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख समेत रहेका गणेश ठाडामगरले जानकारी दिए ।