सर्लाहीमा बस दुर्घटनामा परी दुई दर्जन यात्रु घाइते

सर्लाही, २८ चैत । सर्लाहीमा बस दुर्घटनामा परी दुई दर्जन यात्रु घाइते भएका छन् ।
जिल्लाको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिदा चालकसहित बसमा सवार २४ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये ५३ वर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुरधामस्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागि प्यूठान पुगेर मोरङतर्फ फर्कंदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


