कैलाली, २८ चैत । कैलालीमा पत्नीले पतीको हत्या गरेकी छन् ।

जिल्लाको मोहन्याल गाउपालिका–१ राक्सामा बस्ने ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय पती नारायण बुढा मगरको हत्या गरेकी हुन् ।

चुमाकुमारीले आइतबार राति १२ बजेको समयमा धारिलो हतियार प्रहार गरेर पतीको हत्या गरेको स्विकार गर्दै ईलाका प्रहरी कार्यालय पण्डौनमा मृतकको टाउको बुझाएकी हुन् ।

कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मृतक नारायण बुढामगरको टाउको र शरीर अलग पारिएको अवस्थामा रहेको जानकारी दिए । उनले प्रहरीलाई घट्नाबारे कुनै जानकारी नरहेकोसमेत बताए ।

‘हत्या गरेर टाउको बोरामा हालेर ईलाका प्रहरी कार्यलय पण्डौनमा बुझाएपछि प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए । उनले दुबै बुढाबुढीबीच यसअघि पनि बेलाबेलामा झगडा हुने गरेको बुभिएको बताए ।

मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनातर्फ प्रहरीको टोलि खटाइएको डीएसपी अधिकारीले जानकारी दिए ।

उनका ११ वर्ष र ७ वर्षका दुई छोरा छन् ।