३५ केजी अवैध लागुऔषध गाँजासहित ५ जना पक्राउ

चितवन, २७ चैत । प्रहरीले आइतबार मनहरी गाउँपालिका–६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका–११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।
चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा८ख ८१०६ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


