जनकपुरधाम, २७ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नगरप्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार लोसपा नेपाल धनुषाको नगर स्तरीय बैठकबाट नगरप्रमुखमा ५ र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको हो ।

लोसपाका नगर सभापति मनोज कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकबाट नगरप्रमुखका लागी मनोज कुमार चौधरी, परमेश्वर साह, संजय चौधरी, अमर पंजियार र जानकी राम साहको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, उपप्रमुखमा विभा ठाकुर, विभा पाण्डे, रिता कुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको छ । आज बसेको बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

लोसपाका केन्द्रीय सदस्य रुकमिणी मण्डलको प्रमुख आतिथ्य तथा लोसपा धनुषाका अध्यक्ष परमेश्वर साह र नगर सभापति मनोज कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले मेयर र उपमेयर पदका लागि ५÷५ जनाको नाम सिफारिस गरिएको छ ।