लोसपा नेपालका प्रभावशाली नेता सिंह नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं, २७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार उनलाई पार्टी प्रवेश गराएका हुन् ।
महोत्तरीबाट प्रतिनिधित्व गर्ने सिंह लोसपाका केन्द्रीय सदस्य थिए । महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक नेता रहेका उनी तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्षसमेत भइसकेका थिए ।
साथै उनले पार्टीको सहप्रवक्ताको भूमिका निर्वाह पनि गरेका थिए । त्यसपछि राष्ट्रिय जनता पार्टी नेपालमा उनी प्रवक्तासमेत भएका थिए ।
महन्थ ठाकुरसंग राजनीतिक विचारको लाइन नमिलेपछि आफू कांग्रेसमा प्रवेश गरेको सिंहले बताए ।
लोसपा परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्दा उनलाई सहमहामन्त्री महेन्द्र यादव र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलगायतकाहरूले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


