जनकपुरधाम, २७ चैत । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा) को एकल नाम सिफारिस गरेको छ ।

एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई आइतवार मेयर पदका लागि सर्वसम्मत नाम सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए ।

हिरा जनकपुरधामको मेयरका प्रत्यासीहरु मध्ये युवा नेता हुन । हिराले जनकपुरधामका विभिन्न युवा कमिटिहरुको नेतृत्व चयनदेखि कमिटिको गतिविधीमा समेत सक्रिय सहभागिता जनाउने गरेका छन् ।

२०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन राजपाबाट पनि दाबेदार हिरा अन्तिममा टिकट पाउन सकेनन् । हिरा एमाले प्रवेश गरेसँगै नगरप्रमुखमा चुनाव लड्ने तयारीमा निरन्तर लागिपरेका थिए ।