सप्तरीमा विपक्षी बलियो रहेको स्थानमा सत्तारुढ दलले गठबन्धन गर्ने

सप्तरी, २७ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले सप्तरीमा तालमेल गर्ने सहमति गरेका छन् ।
नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादवले सत्तापक्षका दलहरू बलियो रहेको स्थानमा गठबन्धन नगर्ने र विपक्षीहरू बलियो रहेको स्थानमा भने गठबन्धन गर्ने सहमति भएको बताए ।
सप्तरीमा १८ वटा स्थानीय तह रहेकोमा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन् । तीमध्ये १० पालिकामा जनता समाजवादी पार्टीको नेतृत्व छ भने ५ पालिकामा कांग्रेसको नेतृत्व छ । त्यस्तै २ पालिकामा नेकपा एमाले र एक पालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व छ ।
गठबन्धनभित्रकै दलहरूमा उम्मेदवारको सूची सबै पालिकामा लामो रहेकाले सप्तरीमा गठबन्धन हुने सम्भावना न्यून देखिएको जसपा जिल्ला अध्यक्ष केदार यादब बताउँछन् ।
हरेक पालिकामा गठबन्धनका दलहरूमै कम्तीमा २ जना र बढीमा ८ जनासम्म पालिका प्रमुखका आकांक्षीहरू छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


