जनकपुरधाम, २६ चैत । स्थानीय तहको निर्वाचन हुन ३४ दिन मात्र बाँकी रहेको समयमा दलहरुले उम्मेदवार छनोट गर्ने कार्यलाई तिवता दिएको छ ।

सोही क्रममा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० को वडाध्यक्ष तथा वडासदस्य पदका लागि उम्मेदवार छनोट गरेको हो ।

शनिबार जनकपुरधाम वडा नम्बर–१० मा बसेको वडासमितिको बैठकबाट वडाध्यक्षका लागि भर्खर मात्र नेकपा एमालेमा प्रवेश गरेका युवा नेता सुशील कुमार कर्णलाई छनोट गरिएको छ ।

वडासमितिको बैठकमा बृहत छलफल गर्दा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० मा नेकपा एमाले पार्टीको तर्फबाट वडाध्यक्षको उम्मेदवारमा कर्णलाई सर्वसम्मत छनोट गरिएको छ ।

बैठकले वडासदस्यमा महेन्द्र प्रसाद साह र प्रदिप मण्डल तथा महिला सदस्यमा रेखा देवी यादव एवम् दलित सदस्यमा रञ्जिता देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेको वडा नम्बर–१० का अध्यक्ष श्याम किशोर मण्डलको अध्यक्षता, वरिष्ठ सल्लाहकार महेन्द्र प्रसाद साहको सक्रियता एवम् जिल्ल सदस्य शिला देवी झाको रोहवरमा भएको बैठकमा उपाध्यक्ष अनिता कुमारी, कोषाध्यक्ष संजिव कुमार साह, नगर उपाध्यक्ष संतोष कुमार महतोलगायतकाहरुको उपस्थिती रहेको थियो ।