औरही गाउँपालिकाकी उपाध्यक्ष यादव कांग्रेसमा प्रवेश

सिरहा, २६ चैत । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित उनले कही दिनअघि मात्रै पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
आज उनीसहित जसपा र अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवसहितलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेसले उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


