काठमाडौं, २६ चैत । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकोमा आपत्ति जनाएका छन् ।

केही दिनअघि ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेका थिए ।

शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले आफ्नो किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरे ।

अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको भन्दै उनले भने ‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’