घाँसका भारी पनि साइकलमा बोकेर ल्याउँथ्यौँ : प्रचण्ड

चितवन, २६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइकलको छुट्टै महत्त्व रहेको बताएका छन् ।
चितवनमा आयोजित प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो परिवार र चितवनका लागि साइकलको छुट्टै महत्त्व रहेको बताएका हुन् ।
‘सबैभन्दा बढी साइकल चढ्ने जिल्ला चितवन हो । चितवनमा यस्तो समय थियो हरेक काम साइकलबाट हुन्थ्यो । मेरो विवाह हुँदा मैले साइकलमा दुलही लिएर फर्किएको हुँ । दाउरा काट्न पनि साइकलमा जान्थ्यौँ । घाँसका भारी पनि साइकलमा बोकेर ल्याउँथ्यौँ,’ प्रचण्डले भने ।
उनले आफू काठमाडौंमा हुँदा दिनहुँ माउन्टेन बाइक चलाउने गरेको पनि बताए । उनले आफू स्कुलमा छँदा साइकल चलाउनमा चितवन टप नै भएको जिकिर गरे । ‘हात छाडेर साइकल चलाउनेमा म नम्बर वान नै थिएँ,’ प्रचण्डले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


