काठमाडौं, २५ चैत । नेकपा क्रान्तिकारी माओवादीले पार्टीबाट तीन नेतालाई निष्कासन गरेको छ ।

पोलिटब्यूरो सदस्य नगेन्द्र राई र केन्द्रीय सदस्यद्धय निलबहादुर पुन एवम् कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव मोहन बैद्यले जानकारी दिए ।

उनीहरुले फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बार्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको बैद्यको आरोप छ ।