शान्ति सुरक्षाको माग गर्दै व्यापारीले स्थानीय प्रशासनलाई बुझाए ज्ञापन

जनकपुरधाम, २५ चैत । जनकपुरधामका व्यापारीहरुले शान्ति सुरक्षाको माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लाभरी चोरी, आगजनी तथा अपराधिक घटनाहरु निरन्तररूपमा घटिरहेकोले आवश्यक शान्ति सुरक्षा मिलाईदिन उनीहरुले ज्ञापनपत्र मार्फत धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग आग्रह गरेका हुन् ।
चोरी, आगजनी तथा अपराधिक घटनाले यहाँका स्थानिय उद्योगी, व्यवसायी तथा आम नागरिकहरूमा भय र त्रासको वातावरण महसुस भएकोले अविलम्ब आवश्यक शान्ति सुरक्षाको व्यवस्था अझै बढी सुदृढ गराईदिन माग गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेको टोलीले उद्योगी व्यवसायीहरूको व्यवसायीक प्रतिष्ठानहरूमा घटेको घटनाहरूलाई सुक्ष्मरूपमा अनुसन्धान गर्न/गराई दिनसमेत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


