प्रादेशिक अस्पतालाई प्रतिष्ठानमा गाभिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

जनकपुरधाम, २५ चैत । मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयबिरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ्ग कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरु प्रदेश सरकारबिरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले जनकपुरधाममा नगर परिक्रमा गर्दै प्रदेश सरकारबिरुद्ध नारावाजी समेत गरेका छन् ।

अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
अस्पतालको प्रमुख प्रतिष्ठानका निर्देशक हुने प्रावधान छ । तर प्रतिष्ठानका भीसी डा.रामकेवल साहले नै प्रमुखको कुर्सीमा बस्दै आएको उनीहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


