बारामा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

बारा, २५ चैत । बारामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने ६० वर्षीय रामजनम यादव छन् । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको थियो ।
तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवैजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवैजनालाई उपचारका लागी रोशन अली अस्पताल वीरगञ्ज लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागी नेशनल मेडिकल कलेज वीरगञ्जमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने १ बजे मृत्यु भएको डिएसपी थापाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


