जनताले राहत महशुस गर्नेगरी उद्योगसम्बन्धी समस्या समाधान गर्छु : मन्त्री बडू

काठमाडौं, २४ चैत । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताएका छन् ।
बिहीबार पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नका लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए । मन्त्री बडूले जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धी समस्या समाधान गर्ने योजना पनि सुनाए ।
सरकारले कानुनमन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


