७ थान रोयल इन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद

काठमाडौं, २४ चैत । प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान रोयल इन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक बरामद गरेको हो ।
भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ७ थान बुलेट बाइक बरामद गरेको हो ।
बरामद मोटरसाइकललाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको महाशाखाले जनाएको छ ।
सबै बाइकमा नक्कली नेपाली नम्बर राखिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


