काठमाडौं, २४ चैत । तासकै कारण नेपालमा बर्षेनि सयौं जना पक्राउ पर्ने गरेका छन् ।

पछिल्ला वर्ष बर्षेनि तीन हजारभन्दा बढी व्यक्ति जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८६९, २०७६/७७ मा ३ हजार ५८४ र २०७७/७८ मा ३ हजार ४५६ जना व्यक्ति जुवातास खेलेको आरोपमा पक्राउ परेका थिए ।

अर्थात् पछिल्लो तीन आर्थिक वर्षमा जुवातास खेलेको आरोपमा प्रहरीले ९ हजार ९०९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये ३३१ जना महिला रहेका छन् ।