बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी, बन्दीलाई कानुनमन्त्री बनाइयो

काठमाडौं, २४ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनामा मन्त्री पाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रीको जिम्मेवारी हेरफेर र नियुक्तिपछि उद्योग मन्त्रालयले मन्त्री पाएको हो ।
कानुनमन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरी बडूलाई उद्योगमन्त्री बनाइएको हो ।
गत २४ असोजमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


