सर्लाही, २४ चैत । रोजगारीका लागि कतार गएका सर्लाही जिल्लाका एक युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–११ का ३४ वर्षीय अमरेश कुमार जैसवालको कतारमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

६ महिना अघि वैदेशिक रोजगारीका लागि कतारको राजधानी दोहा गएका अमरेशकोसवारी दुर्घटनामा परेर मृत्यु भएको परिवारजनले जनाएका छन् ।

डेलिभरीको काम गर्ने जैसवाललाई मोटरसाइकलमा हिँडिरहेका बेला पछाडिबाट कारले ठक्कर दिएपछि मृत्यु भएको उनका साथी शम्भु मगरले जानकारी दिए ।

मगरका अनुसार मृतक अमरेशको शव नेपाल ल्याउन आफूहरुले पहल गरिरहेको बताए ।

मृतक जैसवालको परिवारलाई कतार सरकारको नियम अनुसार पाउने रकम दिलाउन पनि पहल गरिरहेको मगरले बताए ।

त्यहाँको प्रहरीले भने कार चलाइरहेकी कतारी महिलाको दोष देखाउन इन्कार गरिरहेको बुझिएको छ ।

मृतक जैसवालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।