चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र हुँदैछ : प्रचण्ड

चितवन, २३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् ।
उनले भने,‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ ।’
माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ ।
चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


