नापी कार्यालयमा कार्यरत दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, २३ चैत । नापी कार्यालय चाबहिलअन्तर्गत बूढानीलकण्ठमा कार्यरत दुईजना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
चाबहिलको १ नम्बर नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्वेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सर्वेक्षक केसी र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुलाई ललितपुर महानगरपालिका–५, लगनखेल, महालक्ष्मीमार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


