अध्यादेश फिर्ता लिन बागमती सरकारलाई अनेरास्ववियुको अल्टिमेटम

हेटौँडा, २३ चैत । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बागमती प्रदेश सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने अध्यादेश २४ घण्टाभित्र फिर्ता लिन अनेरास्ववियु मकवानपुरले बागमती प्रदेश सरकारलाई अल्टिमेटम दिएको हो ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’हेटौँडा अस्पतालबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्दा यहाँ रहेका जनसमुदाय प्रतिको स्वास्थको खेलबाड हुने छ । सरल, सुलभ र गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने मकवानपुरे जनताको चाहना र अधिकार माथि यो निर्णयले गम्भीर प्रहार गरेको छ । कठपुतली बागमती प्रदेश सरकारले अध्यादेशमार्फत हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अलग गर्ने निर्णय गरेको छ । सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त गर्ने मकवानपुरका जनताको चाहना र अधिकारमाथि यो निर्णयले गम्भीर प्रभाव पारेको छ ।’
प्रदेश सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै यो अवधिभित्र निर्णय फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत अनेरास्ववियुले विज्ञप्तिमार्फत दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


