पर्सा, २३ चैत । सशस्त्र प्रहरीले करोडौँको सामान बोकेको दुईवटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिना वीरगञ्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना ७ ख ९४२ र ना २ ख ९५४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटेको टोलीले ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

न ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान र ना २ ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको थियो ।

आवश्यक कारबाहीका लागि प्रहरीले दुबै ट्रकलाई बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।