पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु

पर्सा, २३ चैत । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मोटरसाइकल दुर्घटना हुँदा ४० बर्षीय हेमन्त दासको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार अन्दाजी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दासको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो ।
भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएपछि दुर्घटना भएको प्रहरलिे जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


