बारा, २३ चैत । बारामा ट्याक्टरको रोटाभेटरले किचेर एक बालकको मृत्यु भएको छ ।

बुधवार विहान बाराको निजगढ नगरपालिका–१० मा ट्याक्टरमा जोडेको रोटाभेटरले किचेर स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जनको मृत्यु भएको हो ।

प्रदेश २–०३–००१ त १३१३ नम्बरको ट्याक्टरमा जडान गरिएको रोटाभेटरमा चढ्ने क्रममा उनलाई किचेको थियो ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।