जनकपुरधाम, २२ चैत । धनुषाको कमला नगरपालिकामा उपभोक्ता समितिको अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

कमला नगरपालिकाद्वारा नगरपालिकाका सम्पूर्ण वडाका उपभोक्ता तथा सदस्यहरुलाई समेटेर प्रत्येक वडामा दुई/दुई दिन तालिम सञ्चालन गरिएको हो ।

उपभोक्ता समितिको क्षमता बिकासका लागी तालिमको आयोजना गरिएको नगरप्रमुख रामउदगार गोइतले जानकारी दिए ।

उपभोक्ता समितिमा आबद्ध भई कागजात मिलाउन सहज हुने र स्थानीय स्तरमा गर्न सक्ने कामकाजबारे जानकारी लिन तथा उपभोक्ता समितिद्धारा गुणस्तरीय काम गराउन सक्ने वातावरणको निर्माण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए ।

तालिममा ९ वटै वडाका निर्वाचित जनप्रतिनिधि, उपभोक्ता समितिमा आबद्ध हुने टोल वस्तीका राजनीतिकर्मी तथा समाजसेवी, टोल वस्ती भित्र रहेका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

तालिममा उपभोक्ता समितिमा आबद्ध हुने गरिब, दलित, जनजाती तथा अन्य युवा महिला र पुरुष एवम् विभिन्न कारणले देश तथा विदेशमा रोजगारी गुमाएकाहरूसमेत सहभागी थिए ।

नगरपालिकाका लेखाप्रमुख संजिव कुमार महतो, प्राविधिक आनन्त केजरीवाल, ओभरसियर अमित कुमार जयसवाल, योजना प्रमुख गंगाप्रसाद साह, गौतम झा, कैलाश कुमार मण्डललगायतका प्रशिक्षकहरुले तालिममा प्रशिक्षण दिएका थिए ।

तालिमको सहजीकरण सुनिल कुमार महतोले गरेका थिए ।