शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयमा तोडफोड

मकवानपुर, २२ चैत । विद्यार्थीहरुले पुर्वी मकवानपुरको एक विद्यालयमा तोडफोड गरेका छन् ।
बागमती गाउँपालिका वडा नम्बर–८ शान्तिपुरस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
कक्षा ४, ५, ६, ७ र ८ मा अध्ययनरत छात्राहरुमाथी यौन दुर्व्यवहार गर्ने ३ जना शिक्षकलाई कारबाही नगरिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका छन् ।
विद्यार्थीेले तोडफोड गरेपछि विद्यालयमा लाखौँको क्षति पुगेको छ । विद्यालयको डिजिटल स्क्रिन, प्रोजेक्टर, बेञ्च, गमला, डस्टबिनहरु तोडफोड गरिएको विद्यालयका प्रधानाध्यापक वसन्त राईले जानकारी दिए ।
सोही विद्यालयका तीनजना शिक्षकले छात्राहरुलाई बारम्बर यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ ।
वार्ताको क्रममा असन्तुष्ट विद्यार्थीहरुले तोडफोड गरेको प्रधानाध्यापक राईले बताए । उनका अनुसार आरोपित शिक्षकहरु केही दिनदेखि बिदामा बसेका छन् । विद्यालयलाई प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


