धनुषामा पिकअपको ठक्करबाट एक पुरुषको मृत्यु

जनकपुरधाम, २२ चैत । धनुषामा पिकअपको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर–५ बस्ने ५६ वर्षीय शेरबहादुर राई रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
मंगलवार विहान धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित वीपी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक राईको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
ठक्कर दिने पिकअप र चाकल प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


