काठमाडौं, २१ चैत । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् ।

भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको हो ।

क्वात्रा फ्रान्सको राजदूत पनि भइसकेका छन् । उनले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका उनले भारतका प्रधानमन्त्रीको कार्यालयमा सहसचिव भएर पनि काम गरिसकेका छन् ।

भारतका अहिलेका विदेश सचिव हर्षवद्र्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।