जनकपुरधाम, २१ चैत । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २ हजार ६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेकी हुन् ।

उनीसँगै माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादवसमेत नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।