काठमाडौं, २० चैत । नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ ।

सरकारले माग सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।

शनिबार बसेको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।

औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने माग रहेको श्रेष्ठले बताए ।

विभागले नविकरण गर्दा अनुसूची ७ जो छ कमिटेड प्राइस पेश गर्न लगाउने र त्यसको समायोजन नगर्ने असहज परिस्थिति सिर्जना गरेका उनको भनाइ छ ।

यसअघि संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई माग सम्वोधन गर्न ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो ।