काठमाडौं, २० चैत । भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा हुने भएको छ ।

भन्सार विभागका अनुसार १७ वैशाख शनिबार दिनको २ बजेदेखि परीक्षा सञ्चानलन हुनेछ ।

उच्च अदालत पाटनले यसअघि परिक्षा स्थगन गर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय भएपछि परीक्षाको नयाँ मिति तोकिएको विभागले जनाएको छ ।

यसअघि गत २८ फागुनका लागि तोकिएको परीक्षा २७ गते तेस्रो पटक स्थगन भएको थियो ।

सीमा नाकामा भन्सार जाँच पासका लागि भन्सार एजेन्ट कम भएपछि सरकारले गत वर्ष ६ सय भन्सार एजेन्ट थप गर्ने निर्णय गरेको थियो । गत जेठमै परीक्षा गर्ने भनिए पनि विविध कारणले परीक्षा स्थगित हुँदै आएको थियो ।