ट्यांकर चालकको सहमतिपछि पेट्रोल पम्पहरूमा इन्धन पठाउन थालियो

काठमाडौं, २० चैत । ट्यांकर चालकको सहमतिपछि पेट्रोल पम्पहरूमा थानकोट डिपोबाट इन्धन पठाउन थालिएको छ ।
शनिबार दिउँसो नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सम्बोधन गर्ने सरकारले सहमति गरेको थियो ।
सहमति भएसँगै पम्पहरूलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको डिपोका प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।
आइतबार ढुवानी व्यवसायी, ट्यांकर चालक र आयल निगमका प्रतिनिधिबीच भएको वार्ता सहमतिमा टुंगिएपछि इन्धन ढुवानी थालिएको उनको भनाइ छ । व्यवसायीले माग गरेजति नै तेल पठाइएको उनले जानकारी दिँदै उनले भोलिबाट सहज हुने बताए ।
ट्यांकर चालक संघले कमिसन बढाउनुपर्नेसहित विभिन्न माग राख्दै ’लोड–अनलोड’ रोकेपछि राजधानीका निजी पम्पहरू पेट्रोलियम पदार्थको अभाव भएको थियो ।
पेट्रोलियम पदार्थको प्राविधिक चुहावट÷नोक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समयमै कमिसन नपाउने गरेकोलगायत माग राख्दै चालकले ढुवानी बन्द गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


