चितवन, २० चैत । चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर सडक विभागका एक कर्मचारीको मृत्यु भएको छ ।

आइतबार दिउँसो सवा २ बजे भरतपुर महानगरपालिका–१ आँपटारीस्थित तौलपुलमा करेन्ट लागेर विभागका कर्मचारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने व्यक्ति तनहुँको देवघाट–५ बस्ने ५५ वर्षीय भीमबहादुर मगर हुन् ।

नालीमा सरसफाइ गर्नेक्रममा तार चुँडिएर नालीमा लत्रिएको र सोही तारबाट एक्कासि करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले मुचुल्का गरी पोस्टमार्टमका लागि शवलाई भरतपुर पठाएको छ । सोबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।