प्रधानमन्त्री देउवाले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

जनकपुरधाम, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
शनिबार भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
देउवा र मोदीबीचको भेटवार्तामा नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन् । साथै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेल्वे लाइनको पनि उद्घाटन भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


