सर्लाही, १९ चैत । सर्लाही प्रहरीले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रबार म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमा विशेष सूचनाको आधारमा ५/७ हजार रुपैयाँ लिई भर्ना गराईदिन्छु भनी हिँड्दै गरेका चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यसअघि सप्तरीमा पनि म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भनी नगद ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।