भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो, नेपालीको चुल्हो महँगिने पक्का

काठमाडौं, १९ चैत । पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम जारी छ । यसै बीचमा भारतले शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको हो ।
यसले अप्रत्यासित रुपमा पेट्रोलियम पदार्थको भाउ पुनः बढ्ने सम्भावना बढेको छ ।
निगमका अनुसार अप्रिल १ तारिखका दिन आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य थोरै घटेको छ ।
आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २ पैसाले बढेर आएको छ । निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसाले बढेर आएको छ ।
उता हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उता खाना पकाउने एलपी ग्यासको मूल्य पछिल्लो पटक प्रतिसिलिन्डर २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको छ । यसले नेपालीको चुल्हो महँगिने पक्का भएको छ ।
रुस–युक्रेन युद्धसँगै निरन्तर उकालो लागिरहेको डिजेल–पेट्रोलमा मूल्यवृद्धि रोकिँदा उपभोक्तालाई केही राहत भएको छ ।
नयाँ मूल्यसूचीअनुसार हाल कायम बिक्री मूल्यअनुसार १५ दिन ५ अर्ब २१ करोड घाटा कायमै रहने निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


