नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर

जनकपुरधाम, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो ।
भारतको तीद दिने भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।
उनीहरुले संयुक्त रुपमा जयनगर–कुर्था अन्तरदेशीय रेल्वे सेवाको उद्घाटनका साथै भारतको सहयोगमा निर्माण भएको निर्माण भएको सोलु करिडोर विद्युत प्रशारण लाइनको पनि उद्घाटन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


