कोभिड महामारीसँग लड्न भारतले गरेको सहयोग अतुलनीय : प्रधानमन्त्री देउवा

जनकपुरधाम, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीसँग लड्नका लागि भारतले नेपाललाई खोप लगायत स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको प्रधानमन्त्री देउवाले जिकिर गरेका हुन् ।
प्रधानमन्त्री देउवाले न्यानो आतिथ्यका लागि भारतीय समकक्षीलाई धन्यवाद दिए । मोदीको पहिलो भ्रमणलाई सम्झिँदै उनले मोदीको नेपाल भ्रमणले दुई देशको मित्रतालाई प्रगाढ बनाउन सहयोग गरेको उल्लेख गरे ।
आजादीका अमृत महोत्सव मनाइरहेका बेला प्रधानमन्त्रीका रूपमा पाँचौँ पटक भारत आउन पाउँदा उत्साहित भएको प्रधानमन्त्रीको भनाइ थियो । कोभिड महामारीसँग लड्नका लागि भारतले गरेको खोप लगायत स्वास्थ्य सामग्री सहयोग गरेकोमा पनि देउवाले धन्यवाद ज्ञापन गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


